एमएडब्लूलाई दुई सम्मान

“इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले दुई सम्मान—“२०२५ उत्कृष्ट ईभी बिक्री” र “२०२५ सेवा उत्कृष्टता”— प्राप्त गरेको छ।

नेपालमा इभी विस्तार, सेवा सुधार र ग्राहकहितमा गरेको कामका कारण कम्पनी सम्मानित भएको हो।

एमएडब्लू समूहले वातावरणमैत्री यातायाततर्फ देशलाई अघि बढाउन आवश्यक पूर्वाधार र पूर्ण इभी इकोसिस्टम निर्माण गरिरहेको छ।

कम्पनीले १४ महिनामा १२५० भन्दा बढी ईभी बिक्री गरी नयाँ ऊर्जा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ।

सर्भिसतर्फ, १० वटा सेवा केन्द्र, ९२% ग्राहक सन्तुष्टि, २४/७ हेल्पलाइन, पिक–एन्ड–ड्रप र रोडसाइड सहायता जस्ता सुविधाले कम्पनीलाई सेवा उत्कृष्टता पुरस्कार दिलाएको हो।

यी सुविधाले ग्राहकमा दीर्घकालीन विश्वास कायम गरेको कम्पनीको दाबी छ।

कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेकहोल्डरको कदर, नेतृत्व क्षमता र विश्वासमा आधारित छ।

स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राखेर कम्पनीले बजारमा बलियो छवि बनाएको छ।

समूहका अध्यक्ष विष्णु कुमार अग्रवालका अनुसार, वातावरणमैत्री गाडी प्रवर्द्धनले इन्धन आयातमा निर्भरता घटाई, घरेलु विद्युत् खपत बढाउने र विदेशी मुद्रा जोगाउने भूमिकामा सहयोग गर्नेछ।

यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ।

नयाँ मोडेल नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु भइसकेको छ। १२ बिक्री केन्द्रमार्फत ग्राहकले इभी हेर्न, बुझ्न र छान्न सहज वातावरण पाउने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *