Skip to content
चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पर्ने पटारी खोलाको निर्माणाधीन पुलको ठेक्का रद्द गरिएको छ।
ठेक्का पाउने कम्पनीले पटक–पटक म्याद थपिए पनि काम पुरा नगरेपछि, हुलाकी राजमार्ग निर्देशनालय वीरगञ्ज कार्यालयले ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो।
अब ठेक्का सम्झौताअनुसार कम्पनीले राखेको कार्यसम्पादन जमानत जफत गरिनेछ र बाँकी काम पूरा गर्नुपर्ने खर्च पनि ती कम्पनीबाट असुल गरिनेछ।
त्यससँगै, उक्त कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने पनि भनिएको छ।
Post Views: 187