लीपमोटर–सिट्रोन एक्सचेन्ज क्याम्प

विश्वप्रसिद्ध ब्रान्ड लीपमोटर, सिट्रोन र प्यूजोको प्रतिनिधित्व गर्ने सांग्रिला मोटर्सले मंसिर १४ देखि २१ गतेसम्म नेपालभर विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्दैछ।

यसमा ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ गाडी लिन विभिन्न आकर्षक अफर पाउनेछन्।

लीपमोटरको “एक्सचेन्ज विथ द बेस्ट” क्याम्पमा नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क रोड ट्याक्स–दर्ता, २.२ kW ट्राभल चार्जर र निःशुल्क ७ kW होम चार्जर सहितका सुविधा उपलब्ध छन्।

सिट्रोनको क्याम्पमा एक्सचेन्ज बोनस, ३.३ kW निःशुल्क चार्जर (MCB बक्ससहित), एक वर्षको अटो प्लस बीमा तथा निःशुल्क रोड ट्याक्स–दर्ता प्रदान गरिनेछ।

दुवै क्याम्प एकै समयमा सञ्चालन हुने भएकाले ग्राहकहरूले सीमित समयमै विशेष अफर लिएर आफ्नो गाडी अपग्रेड गर्ने राम्रो मौका पाउनेछन्।

संग्रिला मोटर्सले गुणस्तरीय गाडी, नयाँ समाधान र भरपर्दो बिक्रीपछिको सेवा निरन्तर प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *