V-Strom SX नयाँ रङमा

सुजुकी मोटरसाइकल नेपालले आफ्नो लोकप्रिय एड्भेन्चर मोटरसाइकल V-Strom SX का दुई नयाँ रङ भेरियन्टहरू सार्वजनिक गरेको छ।

नयाँ रङहरूमा Pearl Fresh Blue + Glass Sparkle BlackPearl Glacier White + Metallic Mat Stellar Blue समावेश छन्।

V-Strom SX नेपालमा सबैभन्दा किफायती २५०cc जापानी एड्भेन्चर मोटरसाइकलमध्ये एक हो र मिश्रित सडक अवस्थामा करिब ४० किलोमिटर प्रति लिटर माइलेज दिने बताइएको छ।

यो मोटरसाइकल हल्का अफ–रोड, ग्राभेल र असमान बाटोहरू सजिलै सामना गर्न सक्ने गरी डिजाइन गरिएको छ।

राजमार्गमा झट्का कम र लामो यात्रामा आरामदायी अनुभव दिने यस मोटरसाइकलले शहरदेखि लामो टुरसम्म नेपालका विविध सडक अवस्थाका लागि आदर्श विकल्पको रूपमा प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *