बोमा ईभी नेपाल प्रवेश

चीनका नयाँ विद्युतीय कार ब्रान्ड नेपालमा प्रवेश गर्ने क्रम जारी छ। यस क्रममा होनरी ब्रान्डको बोमा इलेक्ट्रिक कार नेपाली बजारमा आएको छ।

बोमा कार सिटी कारका रूपमा दुईवटा ब्याट्री र मोटर विकल्पसहित उपलब्ध छ। अहिले कम्पनीले कार आयात गरेर परीक्षण र तयारी गर्दैछ।

नेपालमा ईभी राइड प्रालिले बोमा कार ल्याएको हो। चारढोके सिटी कार नेपाली सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ। बिक्री सुरु गर्नु अघि विभिन्न सहरी क्षेत्रमा परीक्षण गरिनेछ।

पहिलेका केही ब्रान्ड गुणस्तर, पार्टस र सर्भिसको अभावका कारण बजारबाट हटिसकेका छन्। तर बोमा कारको बडी साइज, ब्याट्री र मोटर क्षमता नेपाली सहरी वातावरणमा उपयुक्त हुनेगरी अध्ययन गरिएको छ।

बोमा ईभी एक पटकको फुल चार्जमा करिब २०० किलोमिटर यात्रा गर्न सक्नेछ र २०–३० किलोवाट आवर ब्याट्री क्षमता हुनेछ।

ईभी राइडले काठमाडौं धुम्बाराहीमा शोरुम र स्तरीय सर्भिस सेन्टर निर्माण गर्दैछ। सुरुवाती समयमा आवश्यक पार्टस पनि स्टकमा राखिनेछ।

कम्पनीले बोमा ईभीसँगै १५ सिटभन्दा बढी क्षमताका विद्युतीय मिनिबस पनि परीक्षणका लागि ल्याउने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *