बलाजुमा नयाँ सर्भिस सेन्टर

भेस्पा र अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकोर्पले काठमाडौंको बलाजुमा आधुनिक सुविधा भएको नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

भ्याली कोल्ड स्टोरको विपरीत र सानिमा बैंकनजिक रहेको यो केन्द्र १ मंसिरदेखि औपचारिक रूपमा सेवा दिन थालेको हो।

यस नयाँ सर्भिस सेन्टरले राजधानीमा रहेका ग्राहकलाई बिक्रीपछि हुने सेवामा अझ छिटो र सजिलो पहुँच उपलब्ध गराउने कम्पनीले जनाएको छ।

उद्घाटन डेल्टा अटोकोर्पका सीईओ विजय कुमार महतोले गरे। उनले भेस्पा–अप्रिलियाको बढ्दो माग र सेवा पहुँचलाई ध्यानमा राखेर यो विस्तार महत्वपूर्ण भएको बताए।

बलाजुस्थित सर्भिस सेन्टरमा आधुनिक उपकरण, उन्नत मेशिनरी र प्रशिक्षित प्राविधिक उपलब्ध छन्।

यहाँ प्रिमियम सर्भिसिङ, नियमित मर्मत, डाएग्नोस्टिक सेवा र जेनुइन स्पेयर पार्ट्स पाइनेछ। कम्पनीका अनुसार यसले सेवा गुणस्तर र ग्राहक सन्तुष्टि अझ वृद्धि गर्नेछ।

कम्पनीले सबै भेस्पा तथा अप्रिलिया चालकलाई नयाँ सर्भिस केन्द्रमा आएर आरएस सर्भिस हब मार्फत विश्वस्तरीय सेवा लिन स्वागत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *