Skip to content
भुटान एयरलाइन्सले मंगलबारदेखि पोखरा–भुटान सिधा चार्टर्ड उडान सुरु गरेको छ।
पारोबाट आएको एयरबस–३१९ विमान बिहान ११:३० बजे पोखरामा अवतरण भयो र १२:०५ बजे नौ जना यात्री लिएर पुनः भुटान फर्कियो।
विमानलाई पोखरा विमानस्थलले परम्परागत पानीको फोहरा दिएर स्वागत गरियो।
६ मंसिरमा पनि यही विमानले यात्रु ल्याई-लगी गर्नेछ। पहिले अक्टोबरमा उडान सुरु गर्ने योजना भए पनि आन्दोलनका कारण मिति सरेको थियो।
उडानको औपचारिक शुभारम्भ पोखराका मेयर धनराज आचार्यले केक काटेर गरे। मेयरसहित पर्यटन व्यवसायीहरूको टोली भुटान गएका छन् र ६ मंसिरमा फर्किनेछन्।
यो उडानलाई पोखरा–भुटान बीच भविष्यमा नियमित उडानको बाटो खोल्ने अवसरका रूपमा हेरिएको छ।
मेयर आचार्यका अनुसार यसले नेपाल–भुटान पर्यटन सम्बन्धलाई बलियो बनाउनेछ र पोखराबाट अन्य देशहरूमा उडान सुरु गर्न पनि प्रयास भइरहेको छ।
युनिभर्सल टुर्स एन्ड ट्राभल्स (UTT) ले भुटान एयरलाइन्ससँग मिलेर चार्टर्ड उडान सुरु गरेको हो।
कम्पनीले दुवै देशका यात्रुका लागि ४ रात ५ दिनको ट्राभल प्याकेज पनि उपलब्ध गराएको छ।
होटेल संघ पोखराले सुरु भएको चार्टर्ड उडानलाई नियमित बनाउन सबै पक्ष सक्रिय हुनुपर्ने बताएको छ, किनकि यसले पोखरा र आसपासको पर्यटन बढाउन ठूलो मद्दत गर्छ।
Post Views: 184