Skip to content
चीनमा नयाँ इलेक्ट्रिक SUV जीएसी Aion i60 सार्वजनिक गरिएको छ, जसले ६५० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ।
यो पाँच सिटको कम्प्याक्ट गाडी प्योर EV र RE-EV (इन्जिन + इलेक्ट्रिक मोटर) दुबै संस्करणमा उपलब्ध छ।
प्योर EV भर्सनमा ७५ kWh ब्याट्री छ जसले फुल चार्जमा ६५० कि.मि. सम्म चल्न सक्छ र ३०% देखि ८०% चार्ज हुन करिब १५ मिनेट लाग्छ।
RE-EV मोडेलमा १.५ लिटर इन्जिन र १८० kW मोटरको संयोजनले २१० कि.मि. प्योर EV र १२४० कि.मि. सम्म संयुक्त दूरी दिन्छ।
गाडीमा स्लिम LED हेडलाइट, सेमी-हिडन डोर ह्यान्डल र १८ / १९ इन्चका ह्विल विकल्प छन्।
भित्रीमा आधुनिक डिजाइन, इलेक्ट्रिक टेलगेट र एलइडी लाइट बार जस्ता फिचरहरू पाइएको छ।
ड्राइभिंग सुविधा बढाउन स्मार्ट ड्राइभिङ सुइटमा पर्किङ असिस्ट, लेन चेन्ज सपोर्ट र लेन नेभिगेशन जस्ता सुविधा उपलब्ध छन्।
Post Views: 184