इटहरीमा डोंगफेंगको इलेक्ट्रिक एसयुभी नामी भिगो अनावरण गरिएको छ।
नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सले यो स्मार्ट इलेक्ट्रिक एसयुभी प्रस्तुत गरेको हो।
नामी भिगो Quantum Architecture Platform मा निर्माण भएको मिड–साइज एसयुभी हो, जसमा Magic Cube Design, 99 kW मोटर, दुई ब्याट्री विकल्प (44.94 kWh – 300 km, 51.87 kWh – 350 km) र 3C Ultra-Fast DC Charging सुविधा छ।
यसमा Heaven & Earth Tailgate, Exterior Music Speaker, Music-Sync Ambient Lighting, मेमोरी सीट, Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिङ र १२.८ इन्च टचस्क्रिन जस्ता प्रिमियम फिचरहरू उपलब्ध छन्। सुरक्षा लागि ६ एअरब्याग, हाई–स्ट्रेन्थ स्टिल बडी र फायर/एक्स्प्लोजन टेस्ट गरिएको ब्याट्री सिस्टम समावेश गरिएको छ।
नामी भिगो E2 रु. ३८.९ लाख र E2+ रु. ४१.९ लाखमा उपलब्ध छ, प्रारम्भिक अफरमा क्रमशः रु. ३७.९ लाख र रु. ४०.९ लाखमा खरिद गर्न सकिन्छ। इटहरीका लागि अधिकृत डिलर श्रीजना मोटर्स हुनेछ।