ग्लोबल मोबिलिटी प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’ सुरु गरेको छ।
यस अभियानले स्वतन्त्रता, निष्पक्षता र पारदर्शिता जस्ता कम्पनीका मूल्य मान्यताहरू उजागर गर्छ।
इनड्राइभको पियर–टु–पियर मोडल अन्तर्गत यात्रुहरूले आफ्नै भाडा प्रस्ताव गर्न, सवारी मोडल र चालकको रेटिङ अनुसार रोजाइ गर्न सक्छन्।
यसले यात्रु र चालक दुवैलाई पारदर्शिता, नियन्त्रण र सशक्तिकरण सुनिश्चित गर्छ।
क्याम्पेनमा कलाकार स्वस्तिमा खड्का मुख्य भूमिका निभाएकी छिन्।
इनड्राइभ नेपालकी रेप्रेजेन्टेटीभ रीता पोखरेलका अनुसार अभियानले ‘स्वतन्त्रता, समानता र समुदाय’ जस्ता मूल्य मान्यताहरूमाथि जोड दिन्छ र नेपाली अर्बन कम्युनिटीलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ।