एनपीएलमा रोबोट डग गुड बोइ

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा जेइको/ओमोडाको रोबोट डग ‘गुड बोइ’ मैदानमा देखिने भएको छ।

मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा खेलाडी र दर्शकले रोबोटसँग इन्टर्याक्ट गर्न पाउनेछन्।

गुड बोइ चीनको जेइको/ओमोडा सबब्रान्डमा आधारित इंटेलिजेन्ट रोबोट हो, जसले कुद्न, उफ्रन र भ्वाइस कमान्डमा काम गर्न सक्छ।

यसमा क्यामेरा जडान गरिएको छ र अत्याधुनिक एआई प्रविधिमा निर्माण गरिएको छ।

एनपीएलसँगको सहकार्यमार्फत ओमोडा एन्ड जेइकोले ‘म्यान अफ द टुर्नामेन्ट’ लाई प्रिमियम गाडी उपहार दिने घोषणा पनि गरेको छ।

एसपीजी अटोमोबाइलले नेपाली बजारमा जेइको/ओमोडाका विद्युतीय कार उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *