भारतीय मोटरसाइकल कम्पनी हिरो मोटोकर्पले आज (मंगलबार) आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल “भीडा भीएक्सजेड” सार्वजनिक गर्न लागेको छ।
कम्पनीले इटालीको मिलानमा आजदेखि सुरु हुने EICMA अटो शो २०२५ मा यो इ–बाइक अनावरण गर्ने तयारी गरेको हो।
हिरोले सोमबार सामाजिक सञ्जालमार्फत टिजर सार्वजनिक गर्दै नयाँ भीडा भीएक्सजेड आज सार्वजनिक हुने जानकारी दिएको थियो।
टिजरमा सम्पूर्ण प्राविधिक विवरण नखुलाइएको भए पनि यसलाई मस्कुलर स्ट्रीटफाइटर–स्टाइल नेकेड बाइक भनेर अनुमान गरिएको छ, जुन डिजाइनमा हिरोको एक्स्ट्रीम मोडलसँग मिल्दोजुल्दो देखिन्छ।
उक्त इ–बाइकमामा एलईडी लाइट सेटअप, टीएफटी कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, स्प्लिट सिट, अलोय ह्वील, दुवै टायरमा डिस्क ब्रेक, फ्रन्टमा अपसाइड–डाउन फोर्क, र रियरमा मोनो–सक सस्पेन्सन हुने बताइएको छ।
कम्पनीले मोटर पावर र ब्याट्री क्षमताजस्ता प्राविधिक विवरणहरू सार्वजनिक कार्यक्रममा खुलाउने जनाएको छ।