ईभी प्रेमी धिरेन मान श्रेष्ठले बजाज चेतक ईभी स्कुटरमा ऐतिहासिक यात्रा पूरा गर्दै नेपालकै उच्च भूभाग लोमान्थाङ र कोरला सीमासम्म (४,६६० मिटर) सफलतापूर्वक पुगेका छन्।
यो यात्राले चेतक ईभीको भरपर्दोपन र क्षमताको प्रमाण दिएको छ, जसले कठिन भू–भागहरू सजिलै पार गर्न सकिन्छ भन्ने देखाएको छ।
श्रेष्ठले भने, “कहिल्यै सोचिनँ कि इलेक्ट्रिक स्कुटरले यस्ता चरम परिस्थितिमा पनि राम्रो प्रदर्शन गर्न सक्छ।
काठमाडौँका भीडभाड सडकदेखि लोमान्थाङका दुर्गम बाटा र कोरला सीमासम्म चेतक ईभीले असाधारण रूपमा काम गर्यो।”
उक्त यात्राले नेपालमा विद्युतीय सवारीसाधनको सम्भावना देखाएको छ — शहरका छोटा यात्रादेखि हिमाली साहसिक यात्रासम्म।
श्रेष्ठले थपे, “यो यात्रा प्रमाण हो कि चेतक ईभी पर्यावरणमैत्री मात्र होइन, बलियो र भरपर्दो पनि हो।”
बजाज चेतक ईभीलाई नेपालमा व्यक्तिगत सवारीसाधनको नयाँ युगको रूपमा हेरिएको छ, जसले शैली, आराम र प्रदर्शनमा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प प्रदान गर्छ।