सारथी स्कुटरको विन्टर अफर

सारथी ब्रान्डको विद्युतीय स्कुटरले चिसो मौसमलाई अझ आकर्षक बनाउन ‘विन्टर अफर’ सार्वजनिक गरेको छ।

अब ग्राहकहरूले सारथीका विभिन्न मोडेलका स्कुटर खरिद गर्दा अधिकतम रु. १७ हजारसम्मको नगद छुट पाउनेछन्।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।

सामान्यतया रु. २ लाख १६ हजार पर्ने सारथीको इकुटर ई३ मोडेल अब अफर अन्तर्गत रु. १ लाख ९९ हजारमा खरिद गर्न सकिनेछ।

पर्यावरणमैत्री र स्वदेशी उर्जामा आधारित सारथी स्कुटरले नेपाली ग्राहकको बजेट, यात्रा आवश्यकताहरू र वातावरणीय जिम्मेवारीलाई ध्यानमा राख्दै उत्पादन गर्दै आएको छ।

कम्पनीका मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, “यो अफरले ग्राहकलाई विद्युतीय सवारी रोज्न थप प्रोत्साहन दिनेछ। हाम्रो उद्देश्य किफायती मूल्यमा आधुनिक, भरपर्दाे र वातावरणमैत्री मोबिलिटी समाधान प्रदान गर्नु हो।”

सारथी स्कुटरहरूमा उच्च गुणस्तरका ग्राफिन र लिथियम ब्याट्री, स्मार्ट डिस्प्ले, रेजेनेरेटिभ ब्रेकिङ प्रणाली, १२ इन्चका ठूला टायर, डबल डिस्क ब्रेक र ३५ लिटरको बुट स्पेस जस्ता सुविधा उपलब्ध छन्। यसले शहरभित्रको दैनिक यात्रा सहज र आरामदायी बनाउँछ।

विन्टर अफर अन्तर्गत ग्राहकहरूले नगद छुटसँगै फाइनान्स सुविधा पनि पाउनेछन्।

विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सजिलो किस्ताबन्दीमा खरिद गर्न सकिनेछ।

साथै, एक वर्षको निःशुल्क सर्भिसिङ र विभिन्न कम्पोनेन्टमा वारेन्टी पनि प्रदान गरिनेछ।

यो अफर नेपालभरका सारथी शो–रूम र अधिकृत विक्रेताबाट उपलब्ध हुनेछ। सीमित समयका लागि लागू हुने भएकाले इच्छुक ग्राहकहरूलाई छिटो निर्णय गर्न आग्रह गरिएको छ।

यो विन्टर अफर किफायती, स्टाइलिश र वातावरणमैत्री यात्राको उत्कृष्ट अवसर बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *