Skip to content
भदौ २४ गते सर्भर प्रणालीमा आगलागी भएर ठप्प भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र भेरिफिकेसन सेवा करिब दुई महिनापछि पुनः सुरु गरिएको छ।
यातायात व्यवस्था विभागले नयाँ सर्भर प्रणाली परीक्षणपछि आइतबारदेखि आंशिक रूपमा सेवा संचालन सुरु गरेको जनाएको छ।
अहिले प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्रका कार्यालयहरूबाट मात्र नवीकरण सेवा उपलब्ध गराइएको छ।
विभागका अनुसार सम्पूर्ण डेटा पुनर्स्थापना र सर्भर अपडेट भएपछि देशभरका यातायात कार्यालयहरूबाट पूर्ण रूपमा सेवा सञ्चालन गरिनेछ।
यसअघि आगलागीका कारण सर्वरमा रहेको पुरानो डाटा नष्ट भएपछि लाखौं सेवाग्राहीले लाइसेन्स नवीकरण र अनलाइन आवेदन दिन नसक्ने समस्या झेल्नुपरेको थियो।
अब, नयाँ प्रणालीमार्फत क्रमशः सबै सेवा सामान्य बनाइने विभागले जनाएको छ।
Post Views: 137