जापान मोबिलिटी एक्स्पोमा ५०० बढी ब्रान्ड

टोकियोमा आयोजना गरिएको जापान मोबिलिटी एक्स्पोमा ५०० भन्दा बढी कम्पनीहरूले सहभागिता जनाएका छन्।

यसपटक जापान बाहिरका ४२ कम्पनी पनि सहभागी भएका छन्, जुन अघिल्लो संस्करणको तुलनामा दोब्बर वृद्धि हो।

एक्स्पोमा सुजुकी, टोयोटा, होन्डा, बीएमडब्ल्यू, हुन्डाई, निसान, माज्दा लगायतका प्रमुख गाडी निर्माता कम्पनीहरूले आफ्ना नयाँ इलेक्ट्रिक, हाइब्रिड र हाइड्रोजन–पावर मोडलहरू प्रदर्शनमा राखेका छन्।

त्यसैगरी, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, र भविष्यमा प्रयोग हुने स्वचालित तथा प्रविधिमुखी गाडीहरू पनि प्रदर्शनीको आकर्षण बनेका छन्।

यो एक्स्पोले जापानको अटोमोबाइल उद्योगलाई विश्वसामु नयाँ नवप्रवर्तन र वातावरणमैत्री प्रविधिहरूको प्रदर्शन गर्ने अवसर दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *