Skip to content
चालु आर्थिक वर्षका पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै सवारीसाधन आयातमा उल्लेखनीय वृद्धि भएको छ।
यस अवधिमा करिब ८ अर्ब ७० करोड रुपैयाँ बराबरका सवारीसाधन भित्रिएका छन्।
भन्सार कार्यालयका अनुसार यस अवधिमा २४ हजार ९ सय ३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात गरिएका छन्, जसको मूल्य करिब ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
केवल मोटरसाइकल आयातबाटै सरकारले ३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
सवारी आयात बढ्नुको कारण बजारमा माग पुनः बढ्नु र आर्थिक गतिविधि क्रमशः सामान्य बन्दै जानु हो।
आयातकर्ताहरूका अनुसार आगामी महिनाहरूमा पनि सवारीसाधनको माग उच्च रहने अनुमान गरिएको छ।
Post Views: 108