Skip to content
रोल्पाको सुनिलस्मृति गाउँपालिका-४ सुलिचौरबाट किलाचौर जाँदै गरेको लु२च ८०१५ नम्बरको डबल क्याप बोलेरो जिप धुलेओडारमा दुर्घटना भएको छ।
दुर्घटना गएराति करिब १० बजे, जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको थियो।
दुर्घटनामा चालक थम्मन रोकामगर (३२ वर्ष) को घटनास्थलमै मृत्यु भएको छ। अन्य तीनजनालाई चोटपटक लागेको छ।
घाइतेहरूमा खिमबहादुर पुन (४०), भावना गिरी (२७) र उनकी ५ वर्षीया छोरी शान्ति गिरी रहेका छन्।
इलाका प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम छ। सुलिचौरमा उपचार सम्भव नभएपछि उनीहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।
Post Views: 211