इनड्राइभको ‘राइड मोर, विन मोर’ सम्पन्न

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले ‘राइड मोर, विन मोर’ अभियानका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।

दैनिक यात्रामा इनड्राइभ प्रयोग गर्ने नियमित प्रयोगकर्तालाई सम्मान गर्न यो क्याम्पेन सञ्चालन गरिएको थियो।

यस अभियानमा इनड्राइभ एपमार्फत कम्तीमा तीन राइड पूरा गर्ने प्रयोगकर्ताहरू स्वचालित रूपमा लक्की ड्रमा सहभागी भएका थिए।

विजेतामध्ये १० जनाले नयाँ याडिया E8S प्रो इलेक्ट्रिक स्कुटर जिते भने ३० जनाले अल्टिमा वाच सर्कल स्मार्टवाच प्राप्त गरे।

इनड्राइभकी नेपाल प्रतिनिधि रीता पोखरेलले प्रयोगकर्ताको उत्साहजनक सहभागिता देखेर खुशी व्यक्त गरिन्।

उनका अनुसार, यस अभियानले प्रयोगकर्तासँग कम्पनीको सम्बन्ध अझ बलियो बनाएको छ।

इनड्राइभको पियर–टु–पियर मूल्य निर्धारण प्रणालीले यात्रु र चालक दुवैलाई भाडा तय गर्ने स्वतन्त्रता दिन्छ, जसले प्रत्येक यात्रामा निष्पक्षता र पारस्परिक सम्मान सुनिश्चित गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *