१४ वर्षपछि पनि कमला पुल अलपत्र

सिरहा र धनुषालाई जोड्ने कमला नदीको पुल १४ वर्षदेखि अधुरै छ। विसं २०६८ मा तीन वर्षभित्र सक्ने सम्झौता भए पनि काम अहिलेसम्म पूरा भएको छैन।

पुल नबन्दा स्थानीयहरू अहिले पनि युवाहरूको पहलमा बनाइएको अस्थायी काठेपुल प्रयोग गर्न बाध्य छन्।

काठेपुल तर्ने प्रत्येक व्यक्तिले २० रूपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था छ।

सिरहा नगरपालिकाका प्रशासकीय अधिकृत बलिराम यादवका अनुसार, नगरको समन्वयमा युवाहरूले पुल बनाएका हुन् र मर्मत खर्चका लागि शुल्क लिने व्यवस्था गरिएको हो।

तर, स्थानीयहरू यो शुल्क असुलीप्रति आक्रोशित छन्। उनीहरूका अनुसार, जनताबाट शुल्क लिनु गैरकानुनी हो र संकलित रकम पारदर्शी छैन

हरेक वर्ष वर्षा सुरु भएलगत्तै बाढीले काठको पुल बगाउने र फेरि पुनर्निर्माण गर्ने समस्या दोहोरिन्छ।

पुल नहुँदा सिरहा, धनुषा, र सप्तरीका बासिन्दाले जनकपुर पुग्न भारतीय बजार जयनगर वा जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्ने बाध्यता छ।

सिरहा–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पहिले पप्पु कन्स्ट्रक्सनले काम अधुरो छोडेपछि कालोसूचीमा परेको, र पछि लुम्बिनी बिल्डर्सले काम लिए पनि बाढीले पुल भासिएपछि निर्माण रोकिएको हो।

विसं २०८२ असारसम्मको अन्तिम म्याद गुज्रिए पनि पुलको भविष्य अझै अनिश्चित बनेको छ।

स्थानीयहरू भन्छन्, “तराई–मधेसको लाइफलाइन” भनिने यो पुल नबन्दा उनीहरूको दैनिक जीवन कठिन बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *