चितवन दुर्घटनामा दुईको मृत्यु

चितवनको भरतपुर विमानस्थल नजिक आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

गएराति भरतपुर–१० स्थित विमानस्थल नजिक बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र सोही स्थानका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।

दुवैलाई भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *