कार ठक्करमा स्कुटर चालकको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ।

बा ५ च ८३२० नम्बरको कारले बा.प्र.०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का ३६ वर्षीय मिङ्मार पाख्रिन घाइते भएका थिए। उनी हाल कागेश्वरी मनोहरा–६ थलीमा बस्दै आएका थिए।

गम्भीर घाइते भएका पाख्रिनको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन्। ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *