वरिष्ठ र अपांगलाई हवाई छुट

अब आन्तरिक उडानमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुले ठूलो छुट पाउने भएका छन्।

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीबीचको सहमतिअनुसार आइतबारदेखि यो सुविधा लागू गरिएको छ।

७० वर्षभन्दा माथिका यात्रुले टिकटमा ५० प्रतिशत, ७५ वर्षभन्दा माथिका यात्रुले ७० प्रतिशत, र ८० वर्षभन्दा माथिका यात्रुले ८० प्रतिशतसम्म छुट पाउने छन्।

फरक क्षमता भएका यात्रुका लागि पनि कम्तीमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई यो छुट तुरुन्त लागू गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *