चिनियाँ विद्युतीय बस ब्रान्ड झोङटोङ अब नेपालमा प्रवेश गर्न लागेको छ। यो ब्रान्ड विश्वका १०० भन्दा बढी देशमा बिक्री हुँदै आएको हो। नेपालमा यसको आधिकारिक बिक्रेता टाइम्स मानसिरी प्रालि बन्नेछ।
यसअघि नेपालमा साना विद्युतीय सवारीसाधन आयात हुँदै आएका थिए, तर अब सहर र लामो दुरीका लागि ठूला विद्युतीय बस ल्याउने तयारी सुरु भएको छ।
झोङटोङ कम्पनी सन् १९५८ मा स्थापना भएको हो र चीनका प्रमुख बस निर्माता मध्ये एक हो।
यसले हालसम्म ३ लाखभन्दा बढी बस उत्पादन गरिसकेको छ, जसमा १ लाखभन्दा बढी नयाँ प्रविधिका (न्यू इनर्जी) बसहरू छन्।
नेपालमा सुरुमा ६ देखि १२ मिटर लामा सिटी र लामो दुरीका लक्जरी विद्युतीय बसहरू उपलब्ध हुनेछन्। कम्पनीले स्पेयर पार्ट्स र सर्भिस सेन्टरको पनि व्यवस्था गर्ने तयारी गरेको छ।
झोङटोङको आधिकारिक बिक्रेता बनेपछि टाइम्स मानसिरी प्रालिले “इमर्जिङ पार्टनर अवार्ड २०२५” पनि प्राप्त गरेको छ।