पोखरामा लिपमोटर र सिट्रोन शोरुम उद्घाटन

पोखराको शिवचोकमा लिपमोटर र सिट्रोन गाडीको अत्याधुनिक मल्टिब्रान्ड शोरुम सञ्चालनमा आएको छ।

शुक्रबार एक समारोहका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले शोरुमको उद्घाटन गरेका हुन्।

पोखरा क्षेत्रका लागि यी गाडीहरूको आधिकारिक बिक्रेता एस.एस.एल मोटर्स कम्पनी प्रा.लि. हो।

शोरुमबाट बिक्री (Sales), सेवा (Service) र स्पेयर पार्ट्स (Spares) – तीनै सुविधा उपलब्ध गराइनेछ।

उद्घाटनकै अवसरमा लिपमोटरको नयाँ मोडल B10 विद्युतीय गाडी पनि सार्वजनिक गरिएको छ।

यो गाडी ‘लाइफ’ र ‘डिजाइन’ गरी दुई भेरियन्टमा उपलब्ध छ — जसको अफर मूल्य क्रमशः ४९.९९ लाख र ५६.९९ लाख रुपैयाँ राखिएको छ।

लिपमोटर B10 मा ६७.१ kWh ब्याट्री, ६०० किमी दायरा, १६०-kW मोटर र उन्नत सुरक्षा प्रणाली (ADAS) जस्ता विशेषता रहेका छन्।

शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको बताउँदै कम्पनीका प्रतिनिधिहरूले यो पहलले ग्राहकलाई स्मार्ट र वातावरणमैत्री सवारी अनुभव दिने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *