प्रहरीले नयाँ ८५ पीकअप किन्ने

जेन–जी आन्दोलनका क्रममा गाडी क्षतिग्रस्त भएपछि नेपाल प्रहरीले गस्तीका लागि ८५ वटा नयाँ पीकअप खरिद प्रक्रिया सुरु गरेको छ।

प्रहरीले सार्वजनिक टेण्डरमार्फत ७५ वटा पेट्रोलबाट चल्ने र १० वटा विद्युतीय पीकअप किन्न बोलपत्र आह्वान गरेको हो।

इच्छुक कम्पनीहरूले कात्तिक ९ गते प्रिबिड मिटिङमा सहभागी हुन सक्ने र कात्तिक १४ गतेभित्र टेण्डर पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रहरीका अनुसार टेण्डर कात्तिक १४ गते अपराह्न २ बजे खोलिनेछ। यी सवारीसाधन आगामी फागुन २१ गते हुने निर्वाचन तयारीका लागि उपयोगी हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *