टीभीएसको अपाच्चे आरटीएक्स सार्वजनिक

भारतीय बजारमा टीभीएसको नयाँ बाइक ‘अपाच्चे आरटीएक्स’ सार्वजनिक भएको छ।
यस बाइकको मूल्य १ लाख ९९ हजार देखि २ लाख २९ हजार भारतीय रुपैयाँसम्म निर्धारण गरिएको छ।

अपाच्चे आरटीएक्सका तीन भेरियन्ट — बेस, टप र BTO — उपलब्ध छन्।
यसमा २९९ cc नयाँ आरटी-एक्सडी ४ इन्जिन छ, जसले ३६ एचपी२८.५ एनएम टर्क दिन्छ।
यो बाइक राइडिङ मोड, क्रुज कन्ट्रोल, स्विचएबल ट्र्याक्सन कन्ट्रोल, डुअल च्यानल एबीएस जस्ता सुविधाहरू सपोर्ट गर्छ।

यसका साथै बाइकको ग्राउन्ड क्लियरेन्स २०० mm, अगाडि USD फोर्क र पछाडि मोनोशक सस्पेन्सन छन्।
पहाडि र पछाडि ह्वील क्रमशः १९ इन्च र १७ इन्च कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *