ध्वनि प्रदूषण नियन्त्रण अभियान सुरु

काठमाडौं उपत्यकामा मोटरसाइकल र सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष अभियान थालेको छ।

चर्को आवाज निकाल्ने हर्न र गैरकानुनी परिमार्जित साइलेन्सर पाइप भएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइँदैछ।

पछिल्ला दिनमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २०० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरीका प्रमुख नवराज अधिकारीका अनुसार ध्वनि प्रदूषणले निद्रा, तनाव र समाजमा त्रासको वातावरण सिर्जना गरेको देखिएकाले अब कडा निगरानी गरिएको छ।

नियमअनुसार मात्र सवारी सञ्चालन गर्न पाइने भए पनि धेरै मोटरसाइकल चालकले मनपरी साइलेन्सर परिवर्तन गरी चर्को आवाज निकाल्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *