Skip to content
नेपाल प्रहरीले ८५ वटा नयाँ गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ। यसअनुसार ७५ वटा पेट्रोल चल्ने र १० वटा विद्युतीय पिकअप गाडी किन्न योजना छ।
टेण्डरमा भाग लिन इच्छुकले कात्तिक ९ (२६ अक्टोबर) मा प्रिबिड मिटिङमा सहभागी हुन सक्नेछन्।
विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र नेपाल प्रहरी प्रधान कार्यालयमा पेश गर्नुपर्नेछ र टेण्डर बैंक ग्यारेन्टीसहित पेश गर्नुपर्नेछ।
टेण्डर खोल्ने मिति अपराह्न २ बजे तोकिएको छ।
भदौ २४ मा जेनेजी आन्दोलनका क्रममा केही प्रहरी गाडीहरू जलेपछि नयाँ गाडी खरिदको आवश्यकता देखिएको थियो।
निर्वाचन आयोगको आग्रहअनुसार पनि प्रहरी गाडी खरिद प्रक्रिया अघि बढाइएको छ।
Post Views: 80