Skip to content
अटो कम्पनी महिन्द्राले आगामी एक वर्षभित्र चार नयाँ एसयूभी बजारमा ल्याउने तयारी गरेको छ।
बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले दुई इलेक्ट्रीक र दुई पेट्रोल चल्ने मोडल ल्याउने योजना बनाएको हो।
महिन्द्राले थ्रीएक्सओ (3XO) को इलेक्ट्रीक भर्सन छिट्टै बजारमा ल्याउँदैछ, जसले टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसपछि एक्सयूभी ७०० (XUV700) को इलेक्ट्रीक भर्सन पनि आउँदैछ, जसमा प्रिमियम फिचरहरू हुनेछन् र टाटा ह्यारीयर ईभीसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसका साथै कम्पनीले भिजन एस कन्सेप्ट मोडल र थारको नयाँ जेनेरेशन पनि ल्याउने योजना बनाएको छ।
यी मोडलमार्फत महिन्द्राले भारतको ईभी बजारमा बलियो स्थान बनाउन लक्ष्य राखेको छ।
Post Views: 185