नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको नयाँ इलेक्ट्रिक एसयूभी दिपल एस०५ अब विरगञ्जमा सार्वजनिक भएको छ। यसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि हो।
बुधबारको कार्यक्रममा विरगञ्जका मेयर राजेशमान सिंह, नायिका नीति शाह र वृद्धि समूहका निर्देशक ओमप्रकाश सिकारियालगायतले गाडी सार्वजनिक गरे।
दिपल एस०५ लक्जरी, स्टाइल र प्रविधिका कारण छोटो समयमा चर्चित भएको मोडेल हो।
यसमा विश्वकै ठुलो ब्याट्री निर्माता CATL को “गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०” प्रयोग भएको छ, जसको आयु ६ लाख किलोमिटरसम्म छ।
यसमा हीटेड र भेन्टिलेटेड सिट, क्विन कोपाइलट सिट, रिमोट पार्किङ, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, र १४.४ इन्चको टचस्क्रिनसहित इन्टरनेट कनेक्टिभिटीजस्ता आधुनिक सुविधाहरू छन्।