Skip to content
इनड्राइभले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ।
यससँगै कम्पनीले नयाँ अभियान ‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’ सुरु गरेको छ।
यो अभियानले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा आधारित इनड्राइभको सेवालाई जोड दिन्छ।
यात्रुहरू आफ्नो भाडा स्वयं प्रस्ताव गर्न र चालकसँग प्रत्यक्ष मोलमोलाइ गर्न सक्छन्।
इनड्राइभले यसमार्फत बराबरी, सम्मान र स्वतन्त्रताको वातावरण सृजना गर्ने बताएको छ।
स्वस्तिमाको सहभागिताले कम्पनीले विशेषगरी युवावर्गसँग सम्बन्ध मजबुत बनाउने लक्ष्य राखेको छ।
Post Views: 357