Skip to content
इटालीको लग्जरी स्पोर्ट्स कार निर्माता फरारीले आफ्नो पहिलो पूर्णविद्युतीय कार ‘इलेट्रिका’ सार्वजनिक गरेको छ।
यो कार २०२६ जुनसम्म बजारमा आउने तयारीमा छ।
इलेट्रिकामा १ हजार हर्सपावरभन्दा बढी शक्ति, चारवटा इलेक्ट्रिक मोटर, चारै पांग्रामा सक्रिय सस्पेन्सन र स्वतन्त्र नियन्त्रण प्रणाली हुने छ।
यसले कारलाई उच्च गतिमा मोड्दा स्थिरता र टर्क वितरण सुधार्नेछ।
फरारीले यस गाडीलाई सुपरकार होइन, ग्रान्ड टूररको रूपमा प्रस्तुत गर्ने जनाएको छ।
चार ढोकासहितको इलेट्रिका जीटीसी ४ लुसोको डिजाइनसँग मेल खाने तर नयाँ सेगमेन्टमा आधारित हुनेछ।
कार शून्यदेखि १०० किमी/घण्टा गति २.५ सेकेन्डमै पुर्याउन सक्षम छ।
१२२ kWh लिथियम आयन ब्याट्रीले ५३० किमीको यात्रा दूरी दिनेछ र चार्जिङ क्षमता ३५० kW सम्म हुनेछ।
फरारीले इलेट्रिकालाई तीन चरणमा सार्वजनिक गर्ने योजना बनाएको छ, पहिलो चरण प्राविधिक प्रस्तुति बुधबार सम्पन्न भयो।
मूल्य र बजार उपलब्धता हाल खुलाइएको छैन।
Post Views: 200