Skip to content
पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण सम्पन्न भएको छ।
पुल निर्माणमा आधुनिक सामग्री प्रयोग गर्ने प्रयास पुरातत्व विभागले रोकेपछि काम अलपत्र परेको थियो।
पुरातत्व विभाग र निर्माण व्यवसायीले ऐतिहासिक सामग्री प्रयोग गरेर पुनःनिर्माण गर्न सहमत भएपछि काम अघि बढेको हो।
पुल नबन्दा भक्तजन र पर्यटकलाई आवतजावतमा समस्या भएको थियो।
विगतमा मोटरसाइकल र साना सवारीसाधनबाट सजिलै गुज्रिने पुल करिब एक वर्षदेखि बन्द भएको थियो।
पैदल यात्रुलाई समेत कठिनाई भएको थियो।
स्थानीयले पुरानो पुल भत्काउँदा निकालिएका ऐतिहासिक इँटाहरु हराएको बताएका छन्।
केही इँटा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेरले लेखेको भेटिए पनि हाल हराइसकेको छ।
स्थानीयले यसबारे सरोकारवालाबाट जवाफ मागेका छन्।
Post Views: 164