ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपमा मंगलबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
च्याङथर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्र१–०१–००१ ज ३४७० नम्बरको जिप साँझ करिब ६:३० बजे अनियन्त्रित भएर करिब २०० मिटर तल भिरमा खसेको हो।
घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक प्रदीप विष्टको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक जानकारीअनुसार गाडीका चालक प्रकाश सुवाङ सामान्य घाइते भएका छन् भने एक यात्रुको घटनास्थलमै ज्यान गएको छ।
मृतकको परिचय खुलेको छैन। जिपमा कति जना सवार थिए र अरू घाइते छन् कि भन्ने विवरण भने अझै पुष्टि भएको छैन। दुर्घटना स्थल प्रहरी चौकी साब्लाखुबाट करिब १० किलोमिटर टाढा पर्छ।