भारतको हिमाचल प्रदेशमा यात्रुबाहक बस पहिरोमा खस्दा १५ जनाको मृत्यु भएको छ।
अठार जना घाइते भएका छन्।
प्रदेश सरकारले उद्धार कार्य गरेको छ।
मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले समवेदना व्यक्त गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख र घाइते परिवारलाई ५० हजार राहत दिने घोषणा गरेका छन्।