पर्वत सडक ठेकेदार जफत

पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडकको ठेकेदारले समयमै काम सम्पन्न नगर्दा मोबिलाइजेशन पेस्कीको बैंक जमानत जफत गरिएको छ।

सडक निर्माण सम्झौता विसं २०७८ जेठ १८ मा १८ महिनाभित्र सम्पन्न गर्ने गरी भएको थियो।

तर, निर्माण व्यवसायीले ३५% मात्र काम गरेका थिए र वित्तीय प्रगति पनि ३५% मात्रै थियो। पटक–पटक म्याद थप भएपनि काम अघि बढाएनन्।

ठेकेदार सम्पर्कबिहीन हुँदा सडक अस्तव्यस्त बनेको र सवारी आवतजावतमा समस्या आएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

जमानत जफत भए पनि ठेकेदार सम्पर्कमा नआएपछि अर्को कारबाही प्रक्रिया अघि बढाइएको छ।

स्थानीयवासीले पनि यस ठेकेदारको कारबाही माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *