सर्लाहीमा स्कारपियो ठक्कर, दुई मृत्यु

सर्लाहीको ब्रह्मपुरीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

गएराति हुलाकी सडकमा भारतीय स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको ज्यान गयो।

गम्भीर घाइते २३ वर्षीय शिव शंकर पण्डितको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि चौधरीलाई जनकपुरको अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *