Skip to content
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य दीपक गिरी सवार गाडी दुर्घटनामा परेको छ।
शनिबार बिहान तुलसीपुरबाट घोराहीतर्फ जाँदै गर्दा टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो।
घोराहीमा जलेका संरचना हेर्न जाँदै गर्दा खैरा नजिक भएको दुर्घटनामा गाडी क्षतिग्रस्त भए पनि मानवीय क्षति भएको छैन।
गाडी कांग्रेस नेता जागेश्वर वलीले चलाएका थिए। गिरी दाङ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन्।
Post Views: 249