बर्दियामा पछिल्ला चार वर्ष तीन महिनामा सवारी दुर्घटनामा १४८ जनाले ज्यान गुमाएका छन्।
जिल्ला ट्राफिक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै ५ जनाको मृत्यु भएको छ भने अघिल्ला वर्षहरूमा ३८, २६, ३३ र ४६ जनाको ज्यान गएको छ।
दुर्घटना बढ्नुका कारणमा क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्र गति, यात्रुवाहक गाडीबीचको प्रतिस्पर्धा, मादक पदार्थ सेवन, लागुऔषध, ठुला सवारीसाधनले हेडलाइट नघटाउने लगायत रहेका छन्।
प्रहरीका अनुसार पैदल यात्री र चालकले ट्राफिक नियम पालना गरे दुर्घटना धेरै घट्न सक्छ।
तर, सडक सुरक्षासम्बन्धी ऐन, नियम र कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले दुर्घटना रोकथाममा चुनौती कायम छ।