राहत प्याकेज स्वागत गरियो

जेनजी आन्दोलनका बेला शोरूममा आगजनी र तोडफोडमा परेका व्यवसायीहरूलाइ लक्षित गरी सरकारले ल्याएको राहत प्याकेजलाई निजी क्षेत्रले स्वागत गरेको छ।

व्यवसायी संगठन नाडाले भनेको छ कि यसले उनीहरूको आत्मबल बढाएको छ।

राहत प्याकेज अन्तर्गत सरकारले निम्न निर्णयहरू गरेको छ:

  • क्षतिको ५० प्रतिशत बीमा दाबी अग्रिम भुक्तानी

  • सवारी आयातमा कर्जा सुविधा (८०%)

  • पुनर्स्थापनाका लागि सामान आयातमा भन्सार र अन्तःशुल्कमा ५० प्रतिशत छुट

  • सहुलियत दरमा कर्जा उपलब्ध गराउने

  • कुल १२ वटा फरक–फरक व्यवस्था

नाडाले यो कदमलाई ‘उद्योगी व्यवसायीलाई हौसला दिने आधार’ भनेको छ र निजी क्षेत्रसँग सहकार्यमा अर्थतन्त्र पुनर्जीवित गर्ने सरकारको प्रतिबद्धता देखाएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *