उडान प्रबृद्वि, सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा तुइन खोलामा आएको पहिरोले सडक आवत–जावत ठप्प भएपछि यात्रुहरू हवाई यात्रा रोज्न बाध्य भएका छन्।

दसैंमा काठमाडौं छोड्ने मानिसहरूको भीडले सवारी मार्गमा समस्या थपिएपछि एयरलाइन्सहरूले अतिरिक्त उडानहरू मिलाएका छन्।

तर, सडक मार्गमा अवरोधका कारण टिकट मूल्य बढेका छन्। नागरिक उड्डयन प्राधिकरण भन्छ — कानूनले भाडा घटाउनु दिइदैन; आग्रह मात्र गर्न सक्ने अवस्थामात्र छ।

एयरलाइन्सले पनि अधिकतम टिकट मूल्यभन्दा कममा राख्ने प्रयास गरेको उनले बताएका छन्।

त्रिभुवन विमानस्थलका अधिकारीले भनेका छन्, उडान–अवतरणमा यात्रुको चाप धेरै बढेको छ र अहिले दैनिक १४ हजारभन्दा बढी यात्रु आन्तरिक उडानमार्फत आवत–जावत गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *