नेपाल एयरलाइन्सको ग्वाञ्जाओ उडान शुरु

नेपाल एयरलाइन्सले असोज ९ गतेदेखि काठमाडौं–ग्वाञ्जाओ सिधा उडान सेवा शुरु गर्ने भएको छ।

एकतर्फी टिकट भाडादर रु. ३० हजार तोकिएको छ भने दोहोरो टिकटको भाडा रु. ५० हजार हुनेछ।

उडान हप्तामा तीन दिन (आइतबार, मंगलबार, शनिबार) नियमित रूपमा चल्नेछ।

निगमका अधिकारीहरूले सबै प्राविधिक तयारी पूरा भइसकेको र चीन सरकारबाट अनुमति प्राप्त गरिएको बताएका छन्।

साथै, निगमले दक्षिण कोरिया र अष्ट्रेलियाजस्ता अन्य विदेशी गन्तव्यमा सिधा उडान विस्तार गर्ने योजना पनि अघि बढाउँदै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *