नागढुंगा सुरुङ्ग दसैंमा ट्रायल

नागढुंगा–नौबिसे सुरुङ्गमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।

सुरुङ्ग संचालनका लागि आवश्यक सेवा प्रदायक कम्पनी छनोट गर्न टेन्डर प्रक्रिया असोज १५ देखि कात्तिक मसान्तसम्म खुल्नेछ।

त्यसैबीच दशैंको समयमा केही दिन सुरुङ्गलाई परीक्षण (ट्रायल) सञ्चालनमा ल्याउने योजना बनाइएको छ।

संचालनका लागि टोल शुल्क संकलन, २४ घण्टा आपतकालीन सेवा, मर्मतसम्भार र प्राविधिक व्यवस्थापनमा दक्ष जनशक्ति चाहिने भएकोले त्यसका लागि व्यवस्था मिलाइँदैछ।

सरकारको भनाइ अनुसार नियमित सञ्चालन सुरु हुन केही महिना लाग्ने भए पनि यात्रुलाई सहज अनुभव दिन ट्रायल सञ्चालन तुरुन्तै गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *