भारतमा जीएसटीपछि सस्तो गाडी

भारत सरकारले सवारीसाधनमा लाग्ने जीएसटी (गुड्स एन्ड सर्भिस ट्याक्स) दर घटाएपछि गाडी तथा मोटरसाइकलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। यो नयाँ दर सेप्टेम्बर २२ देखि लागू हुनेछ।

जीएसटी काउन्सिलको निर्णयअनुसार पेट्रोलका १,२०० सीसीसम्म र डिजेलका १,५०० सीसीसम्मका, साथै ४ मिटरभन्दा छोटा कारमा जीएसटी २९% बाट घटेर १८% पुगेको छ।

त्यस्तै १,५०० सीसीसम्मका कारमा जीएसटी ४५% बाट ४०% मा झर्‍यो। १,५०० सीसीभन्दा माथिका कार तथा एसयूभीमा पनि जीएसटी ४८–५०% बाट ४०% मा सीमित गरिएको छ।

ट्रक, बस, भ्यान र साना कमर्सियल सवारीमा जीएसटी १८% कायम गरिएको छ।

यसपछि भारतका प्रमुख कम्पनीहरूले तुरुन्तै नयाँ मूल्य सार्वजनिक गरेका छन्।

  • मारुती सुजुकी : अधिकतम १.७५ लाख रुपैयाँ सस्तो

  • मर्सिडिज : ११ लाखसम्म सस्तो

  • टोयोटा : ३.५ लाखसम्म सस्तो

  • स्कोडा : ५.८ लाखसम्म सस्तो

  • टाटा मोटर्स (कमर्सियल) : ४.६५ लाखसम्म सस्तो

  • हुन्डाई : २.४ लाखसम्म सस्तो

  • एमजी : ३ लाखसम्म सस्तो

  • अउडी : ७.८ लाखसम्म सस्तो

  • महिन्द्रा : १.५६ लाखसम्म सस्तो

  • टाटा (प्यासेन्जर) : १.५५ लाखसम्म सस्तो

कम क्षमताका मोटरसाइकल र स्कुटरमा पनि जीएसटी घटेकाले मूल्य घटेको छ।

नेपालमा भने यो जीएसटी कटौतीको प्रत्यक्ष असर नपर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *