चाडपर्वमा सात निर्देशन जारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले दशैं-तिहार लक्षित सातबुँदे निर्देशन जारी गरेका छन्।

शनिबार मन्त्रालयमा बसेको बैठकमा उनले यात्रुलाई सुरक्षित र सहज बनाउन कुनै कमी-कसर नराख्न सम्बन्धित निकायलाई आदेश दिए।

बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था र सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका अधिकारी तथा यातायात व्यवसायी महासंघका प्रतिनिधिहरू सहभागी थिए।

निर्देशनका मुख्य अंश:

  1. नागढुंगा–सिस्नेरी सुरुङमार्ग : दसैंअघि काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीलाई सो मार्ग प्रयोग गराउने, दसैंपछि प्रवेशमा प्रयोगबारे छलफल गर्ने।

  2. सुरक्षा कडाइ : नयाँ बसपार्कदेखि प्रमुख राजमार्गसम्म प्रहरी गस्ती र जनशक्ति बढाउन।

  3. ठूला मालबाहक सवारी नियन्त्रण : दशैं अवधिभर बुटवल-नारायणघाट दाउन्ने खण्डमा १२ चक्केभन्दा ठूला सवारी रोक्ने, तर खाद्यान्न तथा अत्यावश्यक ढुवानीलाई निरन्तरता दिने।

  4. सडक स्तरोन्नति र अवरोध हटाउने : दाउन्ने खण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन, नारायणघाट-मुग्लिन तुइन खोलाको अवरोध हटाउने, तातोपानी नाका जोड्ने सडक दसैंअघि सञ्चालन गर्ने।

  5. सार्वजनिक सूचना : मौसम र सडक अवस्थाबारे यात्रुलाई सचेत गराउने सूचना जारी गर्ने।

  6. कार्यविधि/निर्देशिका : सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि छिट्टै पेस गर्न।

  7. कन्ट्रोल रुम : देशभरका सडक र सुरक्षाबारे २४ घण्टा जानकारी दिने कन्ट्रोल रुम सञ्चालन गर्ने।

मन्त्री घिसिङले यात्रुहरूको सहजता र सुरक्षामा कुनै सम्झौता नगर्ने चेतावनी पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *