नेपालका लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले दुई नयाँ बाइक लञ्च गर्ने घोषणा गरेको छ।
असोज ५ गते हुने कार्यक्रममा TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुनेछन्।
Apache RTR 160 2V FI BS6
159.7cc FI इन्जिन, 16.04 PS पावर
50 KMPL दक्षता दिने फ्यूल इन्जेक्सन
एरोडाइनामिक युरोपेली डिजाइन
जीवनभर वारेन्टी
ABS, डिजिटल कन्सोल, राइड मोड्स र SmartXonnect
TVS Raider IGO
125cc इन्जिन, पावर र माइलेजमा उत्कृष्ट
LED हेडलाइट, आधुनिक डिजाइन
पूर्ण डिजिटल क्लस्टर र एडभान्स्ड राइड मोड्स
युवाहरूका लागि स्टाइलिश र आरामदायी बाइक
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार, Apache RTR 160 दमदार रेसिङ अनुभव दिनेछ भने Raider IGO ले दैनिक यात्रासँगै स्टाइल र रोमाञ्च चाहने युवालाई लक्षित गर्नेछ।
यी मोडलहरू लञ्चपछि नेपालभरका TVS डिलरशिपमा उपलब्ध हुनेछन् र ग्राहकले विभिन्न कलर, फिचर र आकर्षक लञ्च अफर पाउनेछन्।