डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार हङकङ बजारमा झण्डै ६९% ले बढे र अन्त्यमा ५७% भन्दा बढी उच्चमा बन्द भए। यो करिब आठ वर्षयताको सबैभन्दा उच्च स्तर हो।
प्राइभेटाइजेसन सम्झौता करिब ७ अर्ब अमेरिकी डलरको हुने बताइएको छ।
लगानीकर्ताले यसलाई कम्पनीप्रति बढ्दो विश्वास र चीनको अटो बजारमा यसको भूमिकाको सकारात्मक संकेतका रूपमा लिएका छन्।
डोङफेङले दशकौंदेखि किफायती र भरपर्दो गाडी उत्पादन गर्दै आएको छ।
प्राइभेटाइजेसनपछि कम्पनी अझ छिटो निर्णय लिन, रणनीति कार्यान्वयन गर्न र बजारको परिवर्तनलाई सजिलै सामना गर्न सक्षम हुने बताइएको छ।
साथै, डोङफेङले आफ्नै प्रिमियम इलेक्ट्रिक ब्रान्ड VOYAH लाई हङकङ बजारमा लिस्ट गर्ने तयारी गरिरहेको छ।
यस कदमले कम्पनीलाई स्रोत जुटाउन, उत्पादन विस्तार गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न थप बलियो बनाउनेछ।
डोङफेङले भविष्यमा पनि किफायतीपन, प्रविधि र आधुनिक इलेक्ट्रिक मोबिलिटीमा ध्यान दिँदै उपभोक्तामैत्री गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ।
Post Views: 239