व्यवसायी राहतका लागि आग्रह

नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालैको आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै तत्काल राहत र सहजीकरणको माग गरेको छ।

महासंघका अनुसार आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी हुँदा व्यवसायीहरू ठूलो क्षतिमा परेका छन्।

विशेषगरी नियन्त्रणमा लिइएका सवारीसाधनका बिलबुक, रोड परमिट र जाँचपास जस्ता कागजात जलेर नष्ट भएपछि व्यवसायीहरू थप पीडित बनेका छन्।

महासंघले यी व्यवसायीलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।

यातायात विभागका इलेक्ट्रोनिक उपकरण र सर्भरमा क्षति पुगेकोले लाइसेन्स वितरण र विद्युतीय सवारी दर्ता सेवा ठप्प भएको छ।

महासंघले दसैँ नजिकिँदै मालवाहक ट्रक सञ्चालनमा अवरोध नहोस् भनी सातै प्रदेशमा आवश्यक सहजीकरण गर्न मन्त्रालयसँग आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *