इम्बोस्ड नम्बर प्लेट जले

काठमाडौंको मीनभवनस्थित यातायात विभागको इम्बोस्ड नम्बर प्लेट छाप्ने प्लान्टमा आगलागी हुँदा करिब ६ लाख नम्बर जलेर नष्ट भएका छन्।

यो आगलागी गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको थियो।

डेकाटुर कम्पनीले छापेर प्रदेश कार्यालयहरूमा पठाउने तयारी गरेका सबै नम्बर प्लेट जलेका हुन्।

अहिलेसम्म क्षतिको ठ्याक्कै विवरण संकलन भइरहेको छ, तर अनुमानित ६ लाख नम्बर प्लेट नष्ट भएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *